राजस्व छलीमा पाँच जना विरुद्ध साढे दुई अर्बको मुद्दा

काठमाडौं—राजस्व अनुसन्धान विभागले सुन तस्करी गरेर राजस्व छली गरेको आरोपमा पाँच जना विरुद्ध २ अर्ब ४३ करोड ८६ लाख ८० हजार बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको । अब्दुल मजिद अनेकल विरुद्ध दुई अर्ब बिगो माग दाबी गर्दै मुद्दा दायर गरेको छ । हेटौडाको रातोमाटे चेकपोष्टमा विना विल विजक लुकाई छिपाई बसमा लैजादै गरेको ६ किलो २८९ ग्राम ३५० मिलिग्राम सुन बरामद गरेको थियो ।

त्यसैगरी, रोशन पटेल भनिने लुकमानुल हाकिम र यश इम्पोर्ट एण्ड एक्सपोर्ट कन्सर्नका सञ्चालक राजेश गुरुङ्गले पटक पटक सुन चोरी पैठारी गरी राजस्व छली गर्ने गरेका थिए । राजेशको हकमा ४ करोड ३० लाख र भैरब स्टोर्स प्रोप्राइटर सञ्जिव श्रेष्ठलाई ४ करोड ५६ लाख बिगो माग गरिएको छ । त्यसैगरी, शंकर घिमिरेको हकमा ४ करोड २९ लाख बिगो जरिवाना र कैद सजाय हुन माग दाबी लिएर वैशाख १२ गते उच्च अदालत हेटौडामा मुद्दा दर्ता गरेको हो ।

प्रतिक्रिया