ओली सरकार अल्पमतमा ,विश्वासको मत लिँदा असफल हुने सम्भावना बढ्यो

काठमाण्डौ । कोरोना महामारीले देश धला परेको बेला राजनितिक माहोल भने निकै तातेको छ । जसरी नि सत्ता जोगाउने रणनितीमा रहेका ओलीलाई माओवादी केन्द्रले दिएको समर्थन फिर्ता भएसँगै थुनौती थपिएको छ ।

आज मात्र सो पार्टीले ओली सरकारलाई दिएको समर्थन फिर्ता लिएको आधिकारीक पत्र संसद सचिवालयमा दर्ता गराएको छ । माओवादी संसदीय दलका नेता तथा अध्यक्ष पुष्पकमल दाहालले संघीय संसद्का महासचिवलाई लेखेको पत्र उक्त दलका प्रमुख सचेतक देवप्रसाद गुरुङलगायतका नेताहरूले बुधबार बुझाएका हुन् । योसँगै ओलीले आँउदो २७ गते लिने भनिएको विश्वासको मत पनि संकटमा पर्ने देखिएको छ ।

केन्द्रको मंगलबार बसेको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । योसँगै तत्काललाई ओली सरकार अल्पमतमा परेको छ ।

प्रतिक्रिया