• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको तेस्रो दिन प्रिओपन सेसनमै घट्यो नेप्से

काठमाण्डौ – साताको तेस्रो दिन मंगलबार नेप्से प्रिओपन सेसनमा सामान्य घटेको छ । आज नेप्से ०.४८ अंकले घटेको छ ।

आज कारोबार भएका ४६ कम्पनीहरुमा ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ७ कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

कारोबार भएमा मध्य एक दर्जन बढी कम्पनीको शेयर मूल्य ५ प्रतिशत हाराहारीमा बढेको छ भने ६८ लाख भन्दा धेरैको कारोबार भएको छ । सोमबार पनि दोहोरो अंकले बजार घटेर कारोबार बन्द भएको थियो ।

यो सेसनमा अपि पावरको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया