अपि पावरले पौने ५७ करोडको शेयर निष्कासन गर्ने

काठमाडौं– अपि पावर कम्पनीले करिब पौने ५७ करोड रुपैयाँ बराबरको शेयर निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले अपि पावर कम्पनीलाई हकप्रद शेयर निश्काशन गर्न अनुमति दिएको हो । बोर्डले १ बजारबको ०.२९३८ कित्ताको दरले हकप्रद शेयर जारी गर्न अनुमति प्रदान गरेको हो ।

कम्पनीले एक सय रुपैयाँ अंकित दरका ५६ करोड ७० लाख रुपैयाँ बराबरको ५ लाख ७० हजार कित्ता हकप्रद शेयर जारी गर्ने जनाएको छ । कम्पनीको हकप्रद निश्काशन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल रहेको छ ।

प्रतिक्रिया