• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कोराना संक्रमणले कत्ति पनि डराएन शेयर बजार,अर्धसतकले नेप्से बढ्दा कारोबार रकम ७ अर्व माथि

काठमाण्डौ – नेपाल अहिले कोरोना भाइरसको संक्रमणले थलिएको छ । सम्पुर्ण क्षेत्र प्राय ठप्प जस्तै छ । धेरैको अनुमान थियो शेयर बजार पनि यस्तै हुन्छ । तर सबैको अनुमान विपरित शेयर बजारमा अर्धसतको बृद्धि देखिएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से ५४ अंकले बढेर समग्र बजार २६६५ विन्दुमा पुगेर बजार बन्द भएको छ । नेप्सेसँगै कारोबार रकम पनि बढेको छ । आज २२६ कम्पनीहरुको साता अर्व भन्दा माथिको कारोबार भएको छ । १६२ कम्पनीको शेयर मूल्य बढेको छ । त्यस्तै १३ कम्पनीहरुको शेयर मूल्य बढ्दा ७ कम्पनीको शेयर मुल्य भने यथावत रहेको छ ।

आज तीन कम्पनीहरुको शेयर मूल्य सर्किट लेवलमा कारोबार भएको छ भने एनसीसी बैकको सबै भन्दा धेरै कारोबार भएको छ । आज नारायणी विकास बैकको सबै भन्दा धेरै शेयर मुल्य घटेको छ ।

नेप्सेका अधिकांस उपसूचकहरुमा हरियो पोतिएको छ भने लाईफ इन्स्योरेन्सको उपसूचक सबै भन्दा धेरै बढेको छ ।

प्रतिक्रिया