• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

रु रु जलविद्युतको आईपीओ नेप्सेमा सूचिकृत,कतिमा होला पहिलो कारोबार ?

काठमाण्डौ – केहि समय पहिला प्राथमिक शेयर सार्वजनिक गरेको रुरु जलविद्युतको शेयर आइतबार नेप्सेमा सूचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्जले रुरुको शेयर सूचिकृत गरेको जनाएको हो ।

कम्पनीको शेयर RURU नाम पाएको छ । स्टकको अनुसार कम्पनीको ४० लाख ७७ हजार ५५ कित्ता साधारण सेयर ९आईपीओ० सूचिकृत भएको हो । नेप्सेले कम्पनीको पहिलो कारोबारका लागि न्युनतम ११८ रुपैयाँ ८४ पैसादेखि अधिकतम ३५६ रुपैयाँ ५२ पैसासम्मको कारोबार रेञ्ज प्रदान गरेको छ ।

कम्पनीले चैत्र २४ गते, मंगलबारसम्म १२० रूपैयाँका दरले ४ लाख ७ हजार ७ सय ६ कित्ता आईपीओ निष्कासन तथा बिक्री खुल्ला गरेको थियो । जसमध्ये, २ प्रतिशत अर्थात् ८ हजार एक सय ५४ कित्ता कर्मचारीहरुका लागि, ५ प्रतिशत अर्थात् २० हजार ३ सय ८५ कित्ता सामूहिक लगानी कोषका लागि र बाँकी ३ लाख ७९ हजार एक सय ६७ कित्ता सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको थियो ।

प्रतिक्रिया