काठमाण्डौ – यसो त ब्यवसाहिक सफलता कम पाईने डरले धेरै कलाकारहरुको ध्यान सामाजिक विषय माथि पर्न छोडेको छ । माया प्रेम त्यस माथि पनि टिकटकमा मात्र लक्षीत गरि गीत सिर्जना हुनेक्रमले गीतसगीतको ओझ निकै घटेको धेरैको दुखेसो छ ।
यस्तै जटिल परिस्थितिमा पनि कलाकाहरुले देशमा भएको विकृतिमाथि प्रहार गरिएको गीत सार्वजनिक गरेका छन । विगारेउनी देश बोलको सो गीतमा आयान न्यौपानको लय तथा शब्द सिर्जना रहेको छ भने दिनेश काफ्लेको आवाज रहेको छ ।
गीतले नेपाली नेताहरुलाई चोटिलो प्रहार गरेको छ । दिनेश काफ्ले र गणेश पाण्डले अभिनय गरेको सो गीतमा निर्देशन भने राज राईको रहेको छ ।