सामाजिक सञ्जालमा निकै चर्चित बन्यो शिव हमालको पछिल्लो गीत – झुम्के मायालु

काठमाण्डौ – सयौं उत्कृष्ट सिर्जना मार्फत दर्शक स्रोताको मनमा बस्न सफल लोकप्रिय सर्जक शिव हमालको पछिल्लो गीत झुम्के माया टिकटक लगाएत सामाजिक सञ्जालमा निकै चर्चामा रहेको छ ।

गीतलाई २० हजार भन्दा धेरैले भिडियो बनाएका छन । माया प्रेमलाई विषय बनाई तयार पारिएको सो गीतलाई धेरैले मन पराएका छन ।

राखी मल्ल र विक्रम परियारको सुमधुर आवाज रहेको गीतमा शिव आफैले लय तथा शब्द सिर्जना गरेका छन । गीतका शब्द निकै उत्कृष्ट रहेका छन ।

पछिल्लो समयका निकै चर्चित निर्देशक सुनिल क्षेत्रीले निर्देशन गरेको सो गीतमा स्मारिका दाहाल र सुनिल क्षेत्रीको अभिनय देख्न सकिन्छ ।

प्रतिक्रिया