गण्डकीमा सरकार जोगाउने खेल,दिपक मनाङ्गेलाई मन्त्री पद उपाहार

काठमाण्डौ – गुण्डा नायिकेको रुपमा सबैले चिन्ने दिपक मनाङ्गे गण्डकी प्रदेशमा मन्त्री बनेका छन ।

उनी पछिल्लो निर्वाचनमा स्वतन्त्र उमेदबारको रुपमा चुनाव जितेका थिए । मुख्यमन्त्ती पृथ्वीसुब्बा गुरुङले आफ्नो सरकार जोगाउन एक स्वतन्त्र सांसदलाई मन्त्री बनाएका हुन तर उनको सरकार अझै पूर्ण सुरक्षित भने भएको छैन ।

मनाङ्गे युवा तथा खेलकुदमन्त्रीको जिम्मेवारी दिइएको मुख्यमन्त्रीका प्रेस संयोजक विक्रम न्यौपानेले जानकरी दिए । उनलाई आजै सपथ खुवाउने तयारी रहको सरकारले जानकारी दिएको छ ।

उनी मन्त्री भएसँगै समाजिक सञ्जालहरुमा गण्डकी प्रदेश सरकारको चर्को आलोचना सुरु भएको छ ।

बुधबार मात्र अविश्वासको प्रस्तावबाट मुख्यमन्त्रीको कुर्चि जोगिएको थियो तर पूर्ण सुरक्षित भने अझै भइसकेको छैन ।

प्रतिक्रिया