काठमाण्डौ – नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान ज्ञानेन्द्र मल्लका पिता रामकृष्ण मल्लको विहिबार निधन भएको हो ।
उनको ७८ बर्षको उमेरमा ज्यान गएको पारिवारीक स्रोतले जनाएको छ । मल्ल विगत एक हप्ता देखि विरामी मल्लको उपचारको क्रममा निधन भएको हो ।
विहिबार टेकुमा मल्लको अन्तिम संस्कार गरिएको छ । अन्तिम संस्कारमा पूर्वकप्तान तथा राष्ट्रिय टिमका अलराउन्डर पारस खड्का र नेपाल क्रिकेट संघ ९क्यान० का केन्द्रीय सदस्य छुम्बी लामा पनि सहभागी भएका थिए।