• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

शेयर बजारमा साताको अन्तिम दिन – कारोबार रकम घट्यो,नेप्से बढ्यो

काठमाण्डौ – साताको अन्तिम दिन नेप्से २६ अंकले बढेर समग्र बजार २६१० विन्दुमा पुगेको छ । लगातार २ दिन अर्धसतक भन्दा धेरैले घटेको नेप्से त्यस पछिको एक दिन सोहि अनुसारले बढेको थियो ।

आज नेप्सेमा बृद्धि भएपनि कारोबार रकम पनि निकै न्युन रहेको छ । २ सय १७ कम्पनीहरुको दिनैभरिमा ४ अर्व ३५ करोड बराबरको कारोबार भएको छ । कारोबार भएका मध्य १३९ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ३२ कम्पनीहरुको शेयर मुल्य घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ ।

नेप्सेका सबै उपसूचकहरु आज बढेका छन । होटल र लगानी उपसमूह भने सामान्य घटेको छ । आज ३ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेको छ भने एनसीसी बैकको सबैभन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया