• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

कारोबार सुरु भएको पहिलो मिनेटमै सिंगटीको शेयर मूल्यमा सर्किट,५ लाख भन्दा धेरै माग, बेच्ने न्युन

काठमाण्डौ – बुधबारबाट दोस्रो बजारमा कारोबार सुरु गरेको सिँगटी जलविद्युतको कम्पनीको शेयर मुल्यमा विहिबार कारोबार सुरु भएको केहि मिनेटमै सर्किट लागेको छ ।

बुधबार ७ प्रतिश भन्दा धेरैले बढेको कम्पनीको शेयर मुल्य विहिबार पनि पुरै १० प्रतिशले बढेको छ । आज मात्र कम्पनीको शेयर धनिले प्रति शेयर ३३ रुपैयाँ कमाएका छन । त्यस्तै आजको बृद्धिसँगै शेयर मूल्य ३ सय ६३ पुगेको छ ।

कम्पनीको शेयर खरिदमा यो समाचार तयार पार्दा सम्म अत्यधिक चाप रहेको छ । पाँच लाख भन्दा धेरैले खरिदको माग गरेका छन भने बेच्ने निकै न्युन छन । यो समाचार तयार पार्दा सम्म कम्पनीको ७ सय २० कित्ता कारोबार भएको छ ।

प्रतिक्रिया