गत साता शेयर बजारमा लगानीकर्ताले सवा खर्ब गुमाए, यो साता के होला ?

काठमाडौं— पुँजी बजार निरन्तर उकालो लागिरहेका बेला यो साता कारोबार घटेको छ । गत साता कारोबारमा शेयर बजारका लगानीकर्ताले १ खर्ब २० अर्ब ८० करोड ९० लाख ८८ हजार गुमाएका छन् ।

गत सातासम्म रू. ३७ खर्ब ८७ अर्ब ५० करोड ९० लाख ७ हजार रहेको लगानीकर्ताहरुको कुल सम्पत्ति अर्थात कुल बजार पूँजीकरण रकम यो साताको अन्तिम कारोबार दिन रू. ३६ खर्ब ६६ अर्ब ६९ करोड ९० लाख १९ हजारमा झरेको हो ।

कुल बजार पूँजीकरणमा सर्वाधिक हिस्सा रहेको नेपाल दुरसञ्चार कम्पनीको शेयरमूल्य गत साताको भन्दा यो साता प्रतिकित्ता रू. ३१ ले कम भएको छ । गत साताको अन्तिम कारोबार दिन रू. १ हजार ३२८ रहेको प्रतिकित्ता शेयरमुल्य यो साता रू. १ हजार २९७ मा झरेको हो । नेपाल दुरसञ्चार कम्पनीको धितोपत्र दोस्रो बजारमा १५ करोड कित्ता शेयर सूचीकृत रहेको छ । हाल कम्नीको कुल बजार पूँजीकरण रू. १ खर्ब ९४ अर्ब ५ करोड ५० लाख रहेको छ ।
यो साता पनि कोरोना संक्रमणको जोखिम बढेर लकडाउन हुने हल्लाले शेयर बजारमा धेरै वृद्धि नहुने अनुमान गरिएको छ । कोभिडको संक्रमण बढेकाले लगानीकर्ता पर्ख र हेरको रणनीतिमा छन् ।

प्रतिक्रिया