आत्महत्याको प्रयास बारेका समाचार प्रति गायक प्रकाशले यसरी माफी मागे 

काठमाण्डौ । लोकप्रिय गायक प्रकाश दूतराजले हिजो आफ्नो विषयमा आएका समाचारले दर्शक स्रोतामा पारेको असर प्रति क्षमा मागेका छन । 

उनले आफ्नो सामाजिक सञ्जाल फेशबुक मार्फत समाचारमा आए जस्तो केही नभएको समेत बताएका छन । एकान्तमा बस्ने,घण्टौ आँफैलाई थुनिदिने जस्तो बानी रहेको उनले जिकिर गरेका छन । 

उनले लेखेका छन 
कहिले काहि हराई दिन्छु ,  यसै यसै । । 
कहिले हरियाली पाखा पखेरि , उकाली (ओराली चौतारी अनि देउरालीहरु सँगै  । ।
कहि उजाड बगर , मरुभूमिहरु सँगै बालुवा झैं उडिदिन्छु  । । 
कहिले समुन्द्रका छालहरुले अँगाल्दै गहिराईमा पुर्याई डुबाई दिन्छन्  । । 
कहिले अध्यारो बन्द कोठा भित्र घण्टौ सम्म आफैलाई थुनिदिन्छु  । । 
हजारौं कोशिश गर्दा पनि यो स्वभाव फेरिन सकेको छैन । 
यसलाई रोग भनु या मेरो विशेषता ।
यहि कारण पनि म आफुले आफैलाई दुखि बनाउँछु । 
धेरै समाचारहरु हेरे, पढे अलिक अप्ठ्यारो असजिलो महसूस गरे । 
“म केहि छिन हराउँनु म मर्नु हैन नि १ 
बोली मधुरो पार्दै आमाले फोन गर्नु भएको थियो , सानो दुखले जन्माएको हुर्काएको होईनौ नि तिमीहरुलाई  । । 
माया गर्नेहरु को आशुले सराप्छ  ।
कसरी मार्न सक्थे र यो शरीरलाई  । 
गलत बुझाई तथा सुचना को आधारमा प्रकाशित समाचारहरुले मलाई माया गर्नु हुने सदा आशीर्वाद दिनुहुने हजुरहरु सबै सबैमा पर्न गएको असर प्रति क्षमा माग्दछु । 
संधै संधै तपाईहरुकै मन भित्र बसिरहन खोज्ने तपाईहरुकै प्रिय कलाकार  , 
प्रकाश दुतराज ।

प्रतिक्रिया