काठमाण्डौ – काठमाण्डौमा जारी त्रिदेशीय त्रिकेट प्रतियोगीतमा आज भइरहेको खेलमा नेपालले मलेसियालाई २ सय १८ रनको विशाल लक्ष दिएको छ ।
टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालले निर्धारी २० ओभरको खेलमा ७ विकेट गुमाउदै सो लक्ष दिएको हो ।
नेपालका लागि करण केसीले आक्रामक ब्याटिङ गरेका थिए । उनले १३ बलमा ४५ रनको योगदान गरेका थिए । त्यस्तै दिपेन्द्रसिँह ऐरीले ३३,आशिफले ४२,ज्ञानेन्द्र मल्लले ४१ साथै कुशलले १६ रनको योगदन दिए ।
कुशल मल्ल र सोमपाल भने क्रमश १९ र २ रनमा नटआउट रहे ।