• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

साताको अन्तिम दिन प्रिओपनमा नेप्से करिव १५ अंकले बढ्यो

काठमाण्डौ – निरन्तर ओरालो लागेको नेपाली शेयर बजार साताको अन्तिम दिन विहिबार प्रिओपन सेसनमा करिव १५ अंकले बढेको छ ।

२०७७ सालको अन्तिम सम्म पनि लगानीकर्ताको उत्साहजनक सहभागीतामा बढेको शेयर बजार नयाँ बर्ष लागेसँगै भने निरन्तर ओरालो लागिरहेको छ । आजको बृद्धिसँगै समग्र नेप्से २६४७ विन्दुमा पुगेको छ ।

आज यो सेसनमा ३६ कम्पनीहरुको ९१ लाख भन्दा धेरैको कारोबार भएको छ । जस मध्य २५ कम्पनीको शेयर मुल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ । त्यस्तै ७ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

आज मिथिला लद्युवित्तको सबै भन्दा धेरै कारोबार भएको छ ।

प्रतिक्रिया