कस्तुप पन्तको बिग बजेटमा बनेको चटनीले जिब्रो पटकाउँदै दर्शक

काठमाण्डौ – नेपाली सांगीतिक क्षेत्रमा २ दशक आफ्नो सफल यात्रा गरेका लोकप्रिय सर्जक तथा गायक कस्तुप पन्तको नयाँ गीत सिलौटोमा चटनी भर्खर मात्र सार्वजनिक भएको छ ।

अफ्टेरो समयमा समेत ऋणनै गरेर भए पनि गीत संगीतमा दमदार उपस्थिति जनाइरहेका पन्तले बिग बजेटमा गीत बनाएको प्रष्ट हुन्छ ।

कुलेन्द्र विश्वकर्मा र समिक्षा अधिकारीको आवाज रहेको गीतलाई पन्त आफैले लय तथा शब्द सिर्जना गरेका हुन् ।

गीतमा पन्तले आफ्नो मौलिक पन शब्द र लयमा उतारेका छन् । गीतलाई शंकर विसीले निर्देशन गरेका छन् भने कुलेन्द्र विश्वकर्मा, रामजी खाँड,प्रीति आले र ज्योति मगरको अभिनय रहेको छ ।

प्रतिक्रिया