निर्देशनमा अब्बल प्रकाश भट्टको उत्कृष्ट गीत सिर्जना फुल माया,सुमन र खेमको मनमोहक आवाज – भिडियो सहित

काठमाण्डौ – कुलशल निर्देशक प्रकाश भट्टले निर्देशन मार्फत सबैको मन जित्न सफल भइरहेका छन । उनले निर्देशन गरेको सयौं गीत सबै माझ लोकप्रिय छन । आफ्ना कामलाई निकै मेहनत गर्ने प्रकाशको अर्को लुकेको प्रतिभा पनि रहेको खुल्न आएको छ ।

प्रकासले सिर्जना गरेको मौलिक रोइला गीत फुल माया भर्खर मात्र सार्वजनिक भएको छ । गीतमा प्रकासले निकै उत्कृष्ट शब्द सिर्जना गरेका छन भने गीतको लय लोकप्रिय गायक खेम सेञ्चुरीको रहेको छ ।

गीतलाई खेम सेञ्चुरी र सुमन थापाको आवाज रहेको छ । प्रकाश भट्टको दमदार निर्देशन रहेको सो गीतलाई पुराना र चर्चित मोडल सम्झना बुढाथोकी र विनोद श्रेष्ठ लगायत एक दर्जन कलाकाहरुलाई देख्न सकिन्छ ।

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै प्रकासले आफ्नो यो सिर्जनालाई पनि दर्शकले विगतमा जस्तै माया दिनेमा आफुहरु आशावादी रहेको बताउनु भयो ।

प्रतिक्रिया