काठमाण्डौ । नेपाली सांगीतिक क्षेत्रमा लामो र सफल यात्रा गरेका सर्जक तथा गायक सन्तोष केसीले आफ्नो जन्म दिनको पावन अवसरमा नयाँ गीत सिम सिमे बर्खाको पानी बोलको गीत सार्वजनिक गरेका छन ।
सक्रिय रुपमा गीत सङ्गीतमा काम गरिरहेका केसीले सबै भन्दा धेरै संगीत रोयल्टी पाउने कलाकारको रुपमा पनि चिनिन्छन् । आधुनिक र लोक दुवै विधाको गीतमा खरो कलम चलाउने उनको पछिल्लो गीतमा अञ्जु पन्त र बादल थापा मगरको आवाज रहेका छ भने गीतको शब्द संगीत केसीकै रहेको छ ।
निकै उत्कृष्ट बनाइएको म्युजिक भिडियोमा विमल अधिकारी,लोसिना लामिछाने र स्मारिका ढकालको अभिनय रहेको छ । गीतलाई क्रान्ति केसीले मनमोहक निर्देशन गरेका छन ।