कोकिल कण्ठकी धनी गायिका सुशीला गौतम र प्रकाश पराजुलीको यो वर्षको तीज गीत "भुइँ छोडेकी चरी" सार्वजनिक

काठमाण्डौ । नेपाली हिन्दु महिलाहरूको चार्ड हरितालिका तीज आउन एक महिना भन्दा धेरै दिन बाँकी छ तर नेपाली कलाकाहरूलाई भने तीजको रौनक लागिसकेको छ । तीज तथा पञ्चेबाजाका गीतबाट आफ्नो परिचय फराकिलो बनाएकी गायिका सुशीला गौतमको यो वर्षको लागि नयाँ गीत भुइँ छाडेकी चरी भर्खर मात्र सार्वजनिक भएको छ । 

आधुनिकता र परम्पराको फिउजन गरिएको सो गीतमा गौतम र लोकप्रिय गायक प्रकाश पराजुलीको आवाज रहेको छ । गीतमा माया प्रेम र जीवन भोगाइको विषय उठाइएको छ । गीतलाई प्रकाश पराजुलीले लय तथा शब्द सिर्जना गरेका हुन । गीतको अडियो र भिडियो उत्कृष्ट बनेको छ ।  

गीतको म्युजिक भिडियो समेत निकै मेहनत गरेर बनाइएको छ । गीतलाई सुनिल क्षेत्रीले निर्देशन गरेका छन भने सुनिल क्षेत्री र एलिशा शर्माको अभिनय गरेका छन । गीतलाई विश्व नेपालले संगीत संयोजन गरेका हुन । 

गीत सार्वजनिक भएपछि आर्थिक सन्देशसँग कुरा गर्दै गायिका गौतमले आफूले सार्वजनिक गर्ने थोरै गीतहरू भएपनि दर्शक स्रोताबाट अत्याधिक माया पाइरहेको विगत जस्तै यो गीतलाई पनि सबैले माया गर्नेमा आफू आशावादी भएको बताउनु भयो ।

 

प्रतिक्रिया