कुशल भुर्तेल चम्किएपछि त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित

काठमाण्डौ – त्रिकोणात्मक टी–२० सिरिजको उद्घाटन खेलमा नेदरल्याण्ड्सविरुद्ध नेपालको शानदार जित भएको छ ।

आजबाट सुरु भएको खेलमा नेपालले १३७ रनको लक्ष्य १ विकेटको क्षतिमा पूरा गरेको हो । आफ्नो पहिलो खेलमै केशव भुर्तेलले अर्धसतक हानेपछि नेपालको जित सहज भएको हो ।

नेपाली ओपनर भुर्तेल र आशिक सेखले उत्कृष्ट ब्याटिङ गरेका थिए । दुवै खेलाडीले अर्धसतक प्रहार गरेका थिए ।

नेदरल्यान्ड्सले दिएको १३७ रनको लक्ष्य नेपालले १ विकेटको क्षतिमा १५ ओभरमा पूरा गर्‍यो।

नेपालको जितमा आसिफ शेखले नटआउट ५४ रन जोडे। उनले ३८ बलमा ४ चौका र ४ छक्का प्रहार गरे।

कुशल भुर्तेलले ४६ बलमा ६२ रन जोडे। उनले समान ५-५ चौका र छक्का हिर्काए। ज्ञानेन्द्र मल्लले नटआउट १३ रन जोडे।

प्रतिक्रिया