काठमाण्डौ – बहुप्रतिभाशाली गायक तथा सर्जक साथै संचारकर्मी कृष्ण सुवेदीको आवाज रहेको नयाँ गीत “धोका” भर्खरमात्र सार्वजनिक भएको छ ।
माया प्रेममा बिछोड भएका मायालु जोडीहरूको कथालाई उत्कृष्ट रुपमा गीत र भिडियोबाट प्रस्तुत गरिएको छ ।
गीतलाई सुवेदी आफैले सिर्जना गरेका छन् भने आवाजमा सुनिता नेपालीले साथ दिएकी छन् ।
गीतको म्युजिक भिडियोमा लोमस शर्मा र गायिका नेपालीको अभिनय रहेको छ । गीतको म्युजिक भिडियो निर्देशन गायक सुवेदीले नै गरेका छन् ।