आजदेखि शुक्रबार शेयर कारोबार नहुने

काठमाण्डौ । केही समय पहिलादेखि सुरु भएको शुक्रबारको शेयर बजार अब भने बन्द हुने भएको छ । नेपाल स्टक एक्सचेञ्जले करिब ११ वटा शुक्रबार खुल्ला गरेको शेयर कारोबार अबबाट भने नहुने छ । 


सरकारले आइतबार पनि विदा दिने निर्णय गरेसँगै शुक्रबार बजार खुल्न थालेको थियो। तर आइतबारको विदा हटेपछि पनि नेप्सेले शुक्रबारको कारोबारलाई भने निरन्तारता दिँदै गयो। शुक्रबार दुई घण्टामात्रै शेयर कारोबार हुँदा त्यसले समस्या ल्याएको भन्दै लगानीकताले विरोध गरेपछि नेप्सेले शुक्रबारको कारोबारलाई पुनः बन्द गरेको हो।

यसविच खुलेको शुक्रबारको कारोबारमा मात्रै नेप्सेले १०० अंकभन्दा धेरै गुमाएको छ। अब भने सातामा ४ दिनमात्रै शेयर कारोबार हुने छ।

प्रतिक्रिया