गायक बद्री सापकोटाले आफ्नी जीवनसाथीका लागि सार्वजनिक गरे "शिरफुल लाउने नानी" – भिडियोसहित

काठमाडौं । लोकप्रिय गायक तथा सर्जक बद्री सापकोटा भर्खरै विवाह बन्धनमा बाँधिएका छन्। आफ्नो वास्तविक जीवनसँग मेल खाने गीत "शिरफुल लाउने नानी" उनले हालै सार्वजनिक गरेका छन्।

उत्कृष्ट शब्द र लय सिर्जना रहेको यो गीत फरक शैलीको छ। म्युजिक भिडियोमा उनले आफ्नो विवाह समारोहका झलकहरू समेटेका छन्। गीतमा लय र शब्द सिर्जना स्वयं सापकोटाले गरेका छन् भने आवाजमा उनलाई रञ्जिता विश्वकर्माले साथ दिएकी छन्।

सापकोटाले आफ्नो जीवनसाथीसँग जुगजुग साथ दिने भाव गीतमा अभिव्यक्त गरेका छन्। सापकोटा आफ्नो प्रेमी शर्मिला बजगाँइसँग बैवाहिक बन्धनमा बाँकीएका छन ।

 

प्रतिक्रिया