काठमाण्डौ – मंगलबार नेप्से २३ अंकले बढेको छ । त्यस्तै नेप्सेसँगै कारोबार रकम पनि ७ अर्वमाथि पुगेको छ । धेरै समय विक्रिको दवावमा परेको नेप्से २ बजेपछि भने खरिद दबावमा परेको थियो जसको फलस्वरुप नेप्से बढेको हो ।
आज २ सय ९ कम्पनीहरुको शेयर खरिद विक्रि भएको छ । जसमध्य ८५ कम्पनीको शेयर मूल्य बढेको छ भने ८६ कम्पनीहरुको शेयर मूल्य भने घटेको छ । त्यस्तै १० कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।
आज ५ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेर कारोबार भएको छ भने नविल बैकको सबैभन्दा धेरै शेयरको कारोबार भएको छ ।