• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

नेप्से २७ सय नजिक पुग्यो,कारोबार रकम ८ अर्व नजिक

काठमाण्डौ – यो साताको पहिलो कारोबार दिन सोमबार नेप्से करिव १८ अंकले बृद्धि भएको छ । योसँगै समग्र बजार २६९१ विन्दुमा पुगेको छ ।

आज दिनभरिमा २१६ कम्पनीहरुको शेयर खरिद विक्रीहुँदा ७ अर्व ५० करोड माथिको कारोबार भएको छ । आज ५ कम्पनीहरुको शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ भने ११२ कम्पनीहरुको शेयर मूल्य बढेको छ भने ५७ कम्पनीहरुको शेयर मुल्य भने घटेको छ । त्यस्तै १२ कम्पनीहरुको शेयर मूल्य यथावत रहेको छ ।

आज ८० हजार पटक कारोबार हुँदा एनआईसी एसिया बैकको सबैभन्दा धेरै रकमको कारोबार भएको छ । लद्युवित्तका लगानीकर्ताहरुले आज सबैभन्दा धेरै कमाउन सफल भए । आज नेप्सेका उपसूचहरुमा धेरैमा हरियो पोतियो भने वित्त,होटल र जलविघुको सूचकहरु घटेका छन ।

प्रतिक्रिया