काठमाण्डौ – मार्च ७ तारिखबाट दोस्रो बजारमा कारोबार सुरु भएको ज्योति लाईफ इन्स्योरेन्सको शेयरमा सोमबार पनि सर्किट लागेर कारोबार भएको छ ।
आज सहित केवल तीन दिन मात्र कारोबार हुँदा यो कम्पनीको शेयर मूल्यको माग भने १२ लाख माथि सम्म पुगेको छ । सोमबार यो समाचार तयार पार्दा सम्म ३६२ कित्ताको मात्र कारोबार भएको छ ।
सोमबार सर्किट लागेसँगै कम्पनीको शेयर मूल्य ४६८ रुपैयाँ पुगेको छ । आज मात्रै यो कम्पनीको शेयर मुल्य ४२ रुपैयाँले बढेको थियो । केवल तीन दिन मात्र कारोबार ज्योतीको शेयर मूल्य ३६० रुपैयाँको पहिलो कारोबारबाट शेयर बजारमा प्रवेश गरेको थियो ।