काठमाण्डौ – पछिल्लो समयका निकै चर्चित गायक तथा सर्जक रबिन लामिछानेको नयाँ गीत “नासो” भर्खर मात्र सार्वजनिक भएको छ ।
आफ्नो तिखो कलमका कारण सबै माझ लोकप्रिय बनिरहेका रविनाले पछिल्लो गीत नासोमा समेत निकै दमदार शब्द लेखेका छन् । उनका गीतको हरेक शब्दलाई दर्शकले मन पारेको प्रतिक्रिया समेत दिएका छन् ।
रविन लामिछाने र देवी घर्तीको आवाज रहेको सो गीतलाई रविन आफैले बनाएका हुन भने गीतको भिडियो नवराज पन्तको युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ ।
गीतलाई स्मृति तिमिल्सेनाले निकै कलात्मक निर्देशन गरेकी छन् भने सारिका केसी र बिष्णु तिवारीको मनमोहक अभिनय रहेको छ ।