• गृहपृष्ठ /
  • Breaking News ,
  • देश ,
  • मुख्य खबर ,
  • शिक्षा/स्वास्थ्य ,
  • समाचार

स्कुल बन्द गरेर अनलाई कक्षा सञ्चालन गर्ने तयारीमा सरकार

काठमाण्डौ – पछिल्लो समय नेपालमा दैनिक रुपमा कोरोना संक्रमण बढ्दै गएपछि सबैभन्दा धेरै जोखिममा रहेका शिक्षण संस्था बन्दगर्ने तयारीमा सरकार लागेको छ ।

विद्यालयका कतिपय शिक्षक विद्यार्थीलाई कोरोना संक्रम देखिएसँगै सरकार यस्तो तयारीमा लागेको हो । यस आगाडिकै जस्तो अनलाई कक्षा सञ्चालनको तयारीमा सरकार रहेको छ ।

विद्यालय बन्द गर्ने प्रस्ताव शिक्षा मन्त्रालयले गरेको हो तर स्वास्थ्य मन्त्रालयले भने यस विषयमा कुनै निर्णय लिइसकेको छैन । शिक्षा मन्त्रालयको आग्रह स्वास्थ्य मन्त्रालय भने सकारात्मक रुपमा लिएको छ ।

नेपालमा कुल संक्रमणको १५ प्रतिशत भन्दा धेरै संक्रमण बालबालिकामा देखिने गरेको छ । लामो समयको बन्दाबन्दीपछि खुलेका विद्यालयहरुमा अहिले दोस्रो चरणको परिक्षा चलिरहेको छ ।

प्रतिक्रिया