कांग्रेस सभापति देउवासँग युवा उद्योगी खड्काको भेट

काठमाडौं – काँग्रेस सभापति शेरबहादर देउवा निवास बुढानीलकण्ठमा युवा उद्योगी रोहितजंग खड्काको भेटवार्ता भएको छ ।

सो भेटमा उद्योगी खड्काले अबको कांग्रेसको कार्यदिशा र आत्मनिर्भरसहितको राजनीति अघि बढाउन जोड दिनुभएको थियो ।

त्यसका लागि देशव्यापी रुपमा नयाँ युवा उद्योगीहरुलाई एकीकृत गरी डेमोक्रेटिक फोरम’मार्फत पार्टीलाई एकताबद्ध र सुदृढ बनाउन सकिने योजना खड्काले देउवासमक्ष सुनाए ।

नेपाली कांग्रेस नेतृ आरजु राण देउवा र आफ्नो गृहजिल्ला एउटै भएकाले गृहजिल्लादेखि राष्ट्रिय राजनीतिमा बलियो बनाउने आफू सक्रियताका साथ अघि बढ्ने बताए । त्यसका लागि आफुले प्रचार–प्रसार समितिको जिम्मा लिएरै सहयोग गर्ने प्रतिवद्धता जनाए ।

खासगरी देशव्यापी रुपमा छरिएर रहेको प्रजातान्त्रिक विचारधाराका युवा उद्यमीलाई एकीकृत गरेर फोरम बनाइ प्रचार प्रचारका कामलाई गति दिने योजना रहेको खड्काले बताए ।

भेटका क्रममा देउवाले युवा उद्यमीहरुको साथ पाएमा कांग्रेसलाई आत्मनिर्भरसहितको पार्टी बनाउन सक्ने विश्वास रहेको बताए । आरजु राणा देउवालाई सक्रिय राजनीतिमा ल्याउन प्रचार–प्रसार समितिको जिम्मा युवा उद्यमी रोहितजंग खड्कालाई जिम्मेवारी दिने विश्वास दिलाए ।

खड्काले डेमोक्रेटिक फोरम खडा गरिसकेको र अब देशव्यापी ‘मुभमेन्ट’ सुरु गर्ने गरी योजना बनाएको बताए । उनले आत्मनिर्भरसहितको राजनीति र कांगे्रसको आगामी कार्यदिशा तय गरी आगामी निर्वाचनमा काग्रेसलाई बलियो दलको रुपमा स्थापित गराउने बताए ।

खड्का विगत एक दशकदेखि विभिन्न देशबाट वस्तु आयात गरी देशभरी थोक रुपमा बिक्रि गर्दै आएका छन् । काठमाडौंमा उनको आयात र निर्यातमा कम्पनी खोलेर आफ्नो व्यवसायलाई अघि बढाइरहेका छन ।

प्रतिक्रिया