काठमाण्डौ – नेकपा संयुक्त हुँदा माओवादी कोटाबाट सरकारमा प्रतिनित्व गरेका चार बहालबाला मन्त्रीको पद धरापमा परेको छ ।
पार्टी विभाजन भएपछि पनि माओवादीमा नफिर्किएका ४ मन्त्रीको सांसद पद जाने भएको हो । पार्टी अध्यक्ष पुष्पकमल दाहालले आज ऊर्जा जलस्रोत तथा सिञ्चाइमन्त्री टोपबहादुर रायमाझी, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, शहरी विकासमन्त्री प्रभु साह र श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गौरीशंकर चौधरीलाई कारवाहीको लागि सिफारिस गरेका हुन ।
पार्टीले उनीहरुलाई नियम कानुन नमानेको आरोप समेत लगाएको छ । कारवाहीमा परेका मन्त्रीहरुले भने सासंद पद गए पनि माओवादीमा नफर्किने बताएका थिए । निष्कासित मन्त्रीहरुले पार्टीले सोधेको स्पष्टीकरण समेत पेश गरेका थिएनन् । अब मन्त्रीहरु केवल ६ महिना मात्र मन्त्रीपदमा रहने छन । त्यसपछि चुनावबाट निर्वाचित भएर नआएमा मन्त्रीपद स्वत जाने छ ।