प्रचण्डलाई तनाव दिने गरि महेश बस्नेतले यस्तो कविता सुनाए

काठमाण्डौ – एमालेका नेता महेश बस्नेतले सोमबारको प्रतिनिधिसभा बैठकमा निकै रमाइलो कविता सुनाए । उनले सो कविता कसैलाई नभई पूर्व अध्यक्ष समेत रहेका प्रभण्डलाई लक्षित थियो ।

फटाफट आफ्नो कुरा राखेका उनले आफ्ना भनाईहरु सबै कविता मार्फतनै राखेर कुरा सकाएका थिए । उनले ब्यक्ति टिकेर नभने पनि उनको प्रहार प्रचण्डमाथि थियो भन्ने कुरा प्रष्टनै थियो ।

उनले सुनाएको कविता यस्तो थियो

चुनाव अगाडि गठबन्धन बनाएँ

चुनाव जितेपछि एकीकरण गराएँ

सरकार बनाउँदा आधा कार्यकाल मागेँ

कार्यकारी अध्यक्ष पाएपछि भैगो भनेर छाडें

कार्यकारी प्रयोग गरी अध्यक्ष र प्रधानमन्त्रीको राजीनामा मागेँ

संसद विघटन गरेर परिवर्तनको घोषणा गरी निर्वाचनको घोषणा गरेर लोकतन्त्र संकटमा प¥यो भनेर कराएँ

प्रतिगमन भयो भनेर चिच्याएँ

आन्दोलन गराएँ

मिसन मिडिया चलाएँ

वकिल नागरिक समाज उचालेँ।

अदालत गुहारेँ

निर्वाचन आयोग धाएँ

माइतीघर मण्डलामा सूर्यको चिन्ह लगाएँ

सेटिङको हल्ला चलाएँ

संसदीय दलको नेता बनेँ,

अध्यक्ष घोषणा गरें

११ गतेको फैसलाले मख्ख परेँ,

लड्डु खाएँ, अवीर दलेँ

काँग्रेस र जसपाको अफिस धाएँ

नागरिक समाजको डबली धाएँ

२३ गतेको फैसलापछि आफ्नो साइजमा आएँ

विश्वासको मत फिर्ता लिन्छु भन्छु, सक्दिनँ

अविश्वासको प्रस्ताव ल्याउँछु भन्छु, सक्दिनँ

नयाँ गठबन्धन बनाउन खोज्छु, सक्दिनँ

प्रधानमन्त्री बन्नोस् भन्दा कसैले टेर्दैन

अब प्रधानमन्त्रीले विश्वासको मत लिनैपर्छ

नैतिकताका आधारमा राजीनामा दिनैपर्छ

लडाकू प्रकरण नउठाउने र हेग नलैजाने कोही तयार छ भने

प्रधानमन्त्रीको सीट खाली छ,

केपी ओलीका अगाडि मेरो केही लागेन

जसपा मानेन

काँग्रेस जागेन

धन्यवाद ।

प्रतिक्रिया