कोरोना ले ज्यान गुमाउनेको संख्या आज एक्कासी बढ्यो, संक्रमित कति ?

काठमाण्डौ - नेपालमा पछिल्लो २४ घण्टामा ३४ सय ३ जनालाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.कृष्ण पौडेलले १६ हजार ८३८ जनाको परीक्षण भएकोमा ३४ सय ३ जनालाई संक्रमण पुष्टि भएको जानकारी दिनुभयो । 

 

उहाँले सोही अवधिमा २१ सय ४ जना संक्रमणमुक्त हुनुका साथै ४२ जनाको मृत्यु भएको बताउनुभयो । आज थपिएका संक्रमितमध्ये काठमाडौं उपत्यकामा ९९३ जनालाई पोजेटिभ देखिएको छ । काठमाडौंमा ७११, भक्तपुरमा १२२ र ललितपुरमा १६० जनालाई संक्रमण पुष्टि भएको छ । 

 

अहिले ४० हजार ३३८ जना सक्रिय संक्रमित छन् जसमध्ये ७७० जना आइसियु र १८६ जना भेन्टिलेटरमा उपचाररत छन् । उहाँले अझै पनि नेपालमा संक्रमणदर २० प्रतिशतभन्दा माथिनै रहेको बताउदै सामान्य लक्षण देखिनासाथ परीक्षण् गर्न अपिल गर्नुभयो । 

 

अहिलेसम्म नेपालमा ८ लाख १७ हजार ५३० जनालाई संक्रमण पुष्टि भएको छ । जसमध्ये ९२ प्रतिशत अर्थात् ६ लाख ८९ हजार १७३ जना निको भएका छन् भने १० हजार ३९६ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया