सामाजिक सुरक्षाका भत्ता बढाउने प्राधामन्त्री ओलीको घोषणा

काठमाण्डौ – पार्टीको आन्तरिक विवादले फुटको संघारमा पुगेको नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलिले सामाजिक सुरक्षा भत्ता बढ्ने संकेत गरेका छन ।

राजधानीमा आज आयोजना गरिएको एक कार्यक्रममा बोल्दै ओलीले आगामी आर्थिक बर्ष देखि सामाजिक सुरक्षा भत्ता बृद्धि गर्ने संकेत गरेका छन । साथै उनले विकास निमार्णका कामहरुले पनि अब तिव्रता पाउने बताए ।

साथै ओलीले प्रेश स्वतन्त्रता हनन् हुने कुनै पनि गतिविधि सरकारबाट नभएको पनि बताउनु भयो । आफ्नो अधिकांस समय माधव पक्षको गुटलाई आलोचना गर्न खर्च गरेका ओलीले सर्वोच्चो अदालतमा प्रचण्डले दर्ता गराएको पुनावलोक पत्र प्रति पनि कठोर आलोचना गरेका थिए ।

केहि तत्वहरुले देशमा सञ्चालन प्रणालीमा गम्भीर समस्या आएको आरोप लगाएको बताउदै कुनै पनि समस्या नरहेको बताए ।

प्रतिक्रिया