काठमाण्डौ – पछिल्लो समय नेपालमा अचम्मको राजनितिक गतिविधिहरु देख्न पाइरहेका छन नेपाली जनताले ।
देशकै उच्च पद मध्यको एक गृहमन्त्री रामबहादुर थापाले रेशम चौधरिको रिहाईको माग गर्दै सडकमा आएका छन । नेपाली जनताको लागि यो भन्दा ठुलो मजाक अरु के हुन सक्छ ?
केहि समूहले आज माइतीघरमा आयोजना गरेको कार्यक्रममा आफ्नो एक्यवद्धता जनाउन थापा सडकमा बसेर रिहाइको माग गरेका हुन । कार्यक्रम थारुहट–थारुवान संयुक्त संघर्ष समितिले आयोजना गरेको हो ।
सो कार्यक्रममा थापाले आन्दोलनकारीको १९ बुँदे समस्या र माग बारेमा सरकारको ध्यान गएको बताएका थिए । ‘सरकारको तर्फबाट म यहाँ उपस्थित छु । तपाईंहरुको समस्या समाधान गर्न सरकारले अब छिट्टै बार्ता टोली गठन गर्छ । तपाईंहरुले पनि धर्ना छाडेर वार्ता टोली गठन गर्नुस् । हामी आज नै वार्ता टोली गठन गर्छौं । वार्ता र संवादबाट यसलाई हल गरौँ ।’