काठमाण्डौ – पार्टीको किचलो विच धरापमा परेको प्रदेश १ र बाग्मती प्रदेशका मूख्यमन्त्रीहरुको पद यो पटकलाई जोगिने देखिएको छ ।
माधव नेपाल पक्षका नेताहरुले उनीहरु विरुद्ध दर्ता गरेको अविश्वासको प्रस्ताव फिर्ता लिने संकेत गरेपछि पद जोगिन लागेको हो । सो समूहको स्थायी समितिको बैठकले प्रस्ताव फिर्ता लिने निर्णय गरेपछि संकट टरेको हो ।
मूख्यमन्त्रीहरु शेरधन राई र डारमणि पौडेलविरुद्ध आफ्नै पार्टीका सांसदहरुले अविश्वासको प्रस्ताव दर्ता गरेका थिए । प्रदेश १ मा पुस १२ र बागमती प्रदेशमा पुस १० दश गते एमालेको माधव पक्ष र माओवादी केन्द्रका सांसदहरु मिलेर अविश्वास प्रस्ताव दर्ता गरेका थिए । एमालेमा मुख्यमन्त्री राई र पौडेल प्रधानमन्त्री केपी ओली पक्ष भनेर चिनिन्छन् ।