घट्यो सुनको मूल्य, कति पुग्यो तोलामा

काठमाडौंँ - मंगलबार सुनचाँदीको भाउ सस्तिएको छ । पुस ५ गते सुन तोलामा १०० रुपैयाँले घटेको छ । चाँदी पनि यस दिन तोलामा पाँच रुपैयाँले गिरावट भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४०० रुपैयाँमा कारोबार भइरहेको छ । यसैगरी, तेजाबी सुन पनि घटेर प्रतितोला ९९ हजार ९०० रुपैयाँमा झरेको छ ।

सोमबार भने सुनको भाउ स्थिर रहेको थियो । हिजो सुन प्रतितोला एक लाख ५०० रुपैयाँ कायम रहेको थियो ।चाँदीको मूल्य पनि आज गिरावट भएको छ । यस दिन चाँदी तोलामा पाँच रुपैयाँले ओरालो लाग्दा प्रतितोला एक हजार ३७५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।

अघिल्लो कारोबार दिन, चाँदीको मूल्य समेत स्थिर रहेको थियो । हिजो चाँदी प्रतितोला एक हजार ३८० रुपैयाँमा किनबेच भयो ।

प्रतिक्रिया