अन्तिम ओभरमा चुक्यो नेपाल

काठमाण्डौ । दर्शकको ठुलो साथ पाएको नेपाली क्रिकेट टिमले घरेलु मैदानमा जारी त्रिकोणात्मक टी–२० सिरिजमा लगातार दोस्रो हार ब्यहोरेको छ। आज खेल जित्न नसके पनि नेपालले राम्रो खेलेर प्रशंसा भने पाएको छ । 

त्रिवि क्रिकेट मैदानमा बुधबार भएको दोस्रो खेलमा नेदरल्याण्ड्ससँग नेपाल जम्मा दुई रनले पराजित भएको हो। नेदरल्याण्ड्सले दिएको १८५ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभर ८ विकेट गुमाउँदै १८२ रन मात्र बनाउन सक्यो।

नेपालका लागि कप्तान रोहित पौडेल र दीपेन्द्रसिंह ऐरीले अर्धशतक प्रहार गरे। अन्तिम चार बलमा पाँच रन आवश्यक रहँदा ऐरी आउट भएपछि नेपालको जितको सम्भावना सकिएको हो । 

प्रतिक्रिया