काठमाण्डौ – विगत २ साता देखि नर्भिक अस्पतालमा उपचार गराइरहनु भएका नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री नविन्द्रराज जोशीको परिवारले सरकारले दिएको दश लाख उपचार खर्च नलिने बताएको छ ।
केहि दिन अघि उपप्रधानमन्त्री इश्वर पोखरलेले उहाँको स्वास्थ्य अबस्थाबारे जानकारी लिँदै परिवारलाई उपचारमा सरकारले सहयोग गर्ने प्रतिवद्धता जनाएका थिए ।
सरकारले सहयोगको घोषणा गरेको प्रति परिवारले धन्यवाद ब्यक्त समेत गरेको छ । साथै परिवारले सो खर्च विपन्न बर्गका मानिसको उपचारमा खर्च नर्गे समेत अनुरोध गरेका छन । परिवार स्रोतले उहाँको अहिले पनि अबस्था जटिल नै रहेको बताउँदै चाँडै ठिक हुने विश्वास समेत ब्यक्त गरेका छन ।
उहाँको उपचारको लागि विदेश लैजाने तयारी समेत भएको थियो तर अस्पताल स्रोतले अबस्था जटिल भएको भन्दै बाहिर लैजाने अनुमती दिएको छैन ।