• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

आईपीओ खुलेसँगै मेरो शेयरको हरिविजोग,प्रयोगकर्तालाई आवेदन दिनै सास्ती

काठमाण्डौ – आज मात्र सिंगटी हाइड्रोको आईपीओ खुल्ला भएको छ । आवेदनको लागि सीडीएससीको साईड र मोवाईल एपबाट आवेदन दिन सकिन्छ ।

यसै त समस्याले ग्रस्त रहेको नेपाल क्लियरीङको साईट र मोवाईल एप आवेदनको खुलेको दिन भने अझ विजोक हुने गरेका छ । शुक्रबार आवेदनको लागि केहि चाप भएसँगै दुवै माध्यममा समस्या आएको छ । मोवाईल एप र साईड दुवैमा समस्या देखिएका कारण आवेदन दिन नसकिएको प्रयोग कर्ताले गुनासो गरेका छन ।

एक प्रयोग कर्ता सरिता पराजुलीले आर्थिक सन्देशसँगको कुरा गर्दै विहानै देखि आवेदन दिन खोजे पनि अहिले सम्म सम्भव नभएको बताउनु भयो । धेरै प्रयोगकर्ताले यो विषयमा गुनासो समेत गरिरहेका छन । तर नियामक निकाय भने एकैपटक भार अत्यधिक भएको हुँदा समस्या भएको र समस्या समाधानमा लागिरहेको बताइरहेको छ ।

यस अघि शेयर बाँडफाँडको नतिजा हेर्न समस्या भएपछि नयाँ साईटनै बनाएको हाउसले शेयर आवेदन दिनको लागि समेत नयाँ पोर्टल बनाउने तयारी गरिरहेको बताएको छ ।

प्रतिक्रिया