गुटगत भेलामा जानेलाई कारबाही गर्ने ओली पक्षको निर्णय

काठमाण्डौ – नेकपा एमाले भित्रको विवादले उग्ररुप लिने देखिएको छ । आज ओली पक्षको संसदीय दलको बैठकले गुगत भेलामा जाने सांसदलाई कार्वाही गर्ने निर्णय गरेको छ ।

सो समूहको आज बालुवाटारमा बैठक बसेको थियो । बैठकले पार्टीबाहेक अरूले बोलाउने भेलामा नजानसमेत सांसदहरूलाई निर्देशन दिइएको छ।

बैठकमा गुट भेलामा जानेलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा नियमित सहभागी हुन आह्वान गरिएको भन्दै दलको बैठकको निर्णय नमाने कारबाही प्रक्रिया अगाडि बढाउने चेतावनीसमेत दिइएको छ।

प्रतिक्रिया