काठमाण्डौ । लोकप्रिय गायक तेजश रेग्मीको नयाँ गोरी चिटिक्कै भर्खर मात्र सार्वजनिक भएको छ । रेग्मीले आफ्नो विगतका गीतमा जस्तो पछिल्लो गीतमा पनि मौलिकता र टिपिकल भाव उतारेका छन ।
माया प्रेमलाई विषय बनाइ तयार पारिएको सो गीतमा तेजश रेग्मी र रचना रिमालको आवाज रहेको छ । गीतलाई विमल पौडेलले शब्द सिर्जना गरेका हुन भने गायक रेग्मीकै लय सिर्जना रहेको छ ।
मौसम हिमालीको निर्देशन रहेको गीतमा बलेको नामले चर्चित सागर लम्साल र समी बुढाथोकीको अभिनय रहेको छ । गीतलाई तेजश रेग्मीको युउटुव च्यानलबाट सार्वजनिक गरिएको छ ।