• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

लगातार नेप्सेमा पहिरो,१८ अंकले बजार घट्दा कारोबार रकम ४ अर्व माथि

काठमाण्डौ – नेपाली शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ । आज साताको दोस्रो दिन सोमबार नेप्से १८ अंक भन्दा धेरैले घटेको छ ।

लगातार ओरालो लागेको शेयर बजार आज घटेसँगै २३८९ विन्दुमा आएको छ । कारोबार रकम भने हिजोको तुलनामा सामान्य बढेको छ । आज २ सय १२ कम्पनीहरुको ४ अर्व माथिको कारोबार भएको छ ।

आज कारोबार भएका अधिकांस कम्पनीहरुको शेयर मूल्य घटेको छ । ४६ कम्पनीहरुको शेयर मूल्य बढ्दा १ सय १६ कम्पनीहरुको शेयर मूल्य घटेको छ । त्यस्तै १४ कम्पनीहरुको शेयर मूल्य भने यथावत रहेको छ । आज ४ कम्पनीहरुको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

नेप्सेका अधिकांस सूचकहरु घटेका छन भने जलविद्युत,ब्यापार,म्युचुअल फण्ड लगायतका सूचकहरु भने बढेका छन ।

प्रतिक्रिया