• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

ग्रीनलाइफ हाइड्रोपावरको शेयर भोलि मंगलबारबाट कारोबार हुने पक्का

काठमाण्डौ आईपीओ सार्वजनिक भएको लामो समय पछि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा ग्रीनलाइफ हाइड्रोपावरको शेयर सूचीकृत भएको छ । सोमबार कम्पनीको १ करोड ८० कित्ता शेयर नेप्सेमा सूचीकृत भएको हो ।

कम्पनीको शेयरलाई जीएलएच कारोबार संकेत पाएको छ । कम्पनीको शेयरलाई नेप्सेले पहिलो कारोबारको लागि न्युनतम ९९ रुपैयाँ ६७ पैसा देखि २९९ रुपैयाँ ०१ पैसा ओपनिङ्ग रेन्ज तोकिएको छ ।

त्यस अनुसार मंगलबार देखि कम्पनीको शेयर कारोबार खुल्नेछ ।

ग्रीनलाइफ हाइड्रोपावरले माघ २३ गतेदेखि प्रतिशेयर १०० अंकित मूल्यका १८ लाख कित्ता र स्थानीय बासिन्दाका लागि जारी शेयरमा बिक्री नभएको १६ लाख ८६ हजार ४०० कित्ता गरी कुल ३४ लाख ९६ हजार ४०० कित्ता साधारण शेयर निष्काशनमा ल्याएको थियो।

त्यसमध्ये १ लाख ७४ हजार ८२० कित्ता शेयर सामूहिक लगानी कोषका लागि र ६९ हजार ९२८ कित्ता शेयर कर्मचारीहरुका लागि बाँडफाँट गरिएको छ। त्यसमध्ये बाँकी रहेको ३२ लाख ५१ हजार ६५२ कित्ताका शेयर सर्वसाधारणको लागि छुट्टाएको थियो।

प्रतिक्रिया