बुधबार २०५ वटा कम्पनीको ७८ लाख १६ हजार ८७४ कित्ता शेयर ४ अर्ब १० करोड ४ लाख ६ हजार ३३७ रुपैयाँमा खरिदबिक्री भएको छ। मंगलबारको तुलनामा बुधबार कारोबार रकम अझै घटेको हो।
यस दिन नेप्से सूचक ३.४० अंकले घटेर २४५८.४८ विन्दुमा झरेको छ भने सेन्सेटिभ सूचकमा भने ०.०२ अंकको झिनो सुधार देखिएको छ।
यस दिन कारोबारमा आएका १३ उपसमूहमध्ये ७ उपसमूहको सूचक सकारात्मक देखिएको छ भने ५ उपसमूहको सूचक नकारात्मक देखिएको छ। बुधबार दिन चन्द्रागिरी हिल्स, घलेम्दी हाइड्रोपावर र नेपाल हाइड्रो डेभलपर्सको शेयरमूल्य ९ प्रतिशतभन्दा धेरैले बढेको छ भने एनआएन इन्फ्रास्ट्रक्चर, साल्ट ट्रेडिङ, लिबर्टि इनर्जिको पनि ८ प्रतिशतभन्दा धेरैले बढेको छ।
यता रैराङ हाइड्रोपावरको शेयरमूल्य सबैभन्दा धेरै ४.६० प्रतिशतले घटेको छ भने मिथिला लघुवित्तको ४.१५ प्रतिशत, शिखर इन्स्योरेन्सको ४ प्रतिशत र अरुण भ्यालि हाइड्रोपावरको ३.५१ प्रतिशतले घटेको छ।
बुधबार नेपाल दुरसञ्चार कम्पनीको सबैभन्दा धेरै ५५ करोड ७० लाख रुपैयाँ बरबरको शेयर कारोबार भएको छ भने नेपाल इन्फ्रास्ट्रक्चर बैंकको २० करोड ७१ लाख, अरुण भ्यालीको १४ करोड ६६ लाख र नेपाल इन्स्योरेन्सको १३ करोड ४९ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।