काठमाण्डौ – साताको पहिलो दिन नेप्से करिव २२ अंकले घटेको छ । योसँगै समग्र बजार २४ सय ८५ विन्दुमा पुगेको छ ।
आज नेप्सेका धेरै उपसूचकमा रातो पोतिदाँ होटल र जलविद्युतमा भने हरियाली छाएको छ । गत साताको अन्तिम दिन नेप्से ठुलो अंकले बढेको थियो । नेप्से घटेसँगै आज कारोबार रकममा पनि ठुलो पहिरो गएको छ । २ सय ११ कम्पनीहरुको ५ अर्व हाराहारीको मात्र कारोबार भएको छ ।
आज ३६ कम्पनीको शेयर मूल्य घटेको छ भने १ सय ३० कम्पनीको शेयर मूल्य घटेको छ । त्यस्तै ९ कम्पनीको शेयर मूल्य भने यथावत रहेको छ ।