काठमाण्डौ – सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको आधिकारिकता ऋषि कट्टेलाई दिएको छ ।
न्यायाधीशद्वय कुमार रेग्मी र बमकुमार श्रेष्ठको संयुक्त इजलासले कट्टेलको रिट निवेदन बमोजिम नेकपाको आधिकारिकता उनलाई दिएको हो ।
यो फैसलासँगै अब केपी शर्मा अोली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ अध्यक्ष रहेको नेकपाको आधिकारिकता खारेज भएको छ । यो सँगै नेकपाको विवाद अब नयाँ मोडमा पुगेको धेरैको अनुमान छ ।
अदालतको फैसलासँगै निर्वाचन आयोगले पनि केहि दिनमा आफ्नो निर्णय सुनाउने जानकारहरु बताउछन ।