• गृहपृष्ठ /
  • Breaking News ,
  • शेयर बजार ,
  • बैंक/वित्तीय ,
  • मुख्य खबर ,
  • समाचार

महिला लघुवित्तको शेयर यसै साता सूचिकृत हुने,ग्रीन लाईफको अत्तोपत्तो छैन

काठमाण्डौ –  महिला लघुवित्तको शेयर यसै साता सुचिकृत हुनेगरि काम भइरहेको कम्पनीले जनाएको छ ।

बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडका अनुसार आज अथवा भोलि भित्रमा उक्त आईपीओ लगानीकर्ताको खातामा जम्मा हुनेछ । शुक्रबारसम्ममा नेप्सेमा सूचिकृत गराएर अर्को सातादेखि कारोबार सुरू गर्ने तयारी क्यापिटलले जनाएको छ ।

नेप्सेले लघुवित्तको पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ३१३ रूपैयाँ १६ पैसादेखि अधिकतम ९३९ रुपैयाँ ४८ पैसा ओपनिङ रेञ्ज निर्धारण गर्ने सम्भावना रहेको छ ।

कता हरायो ग्रीन लाईफ ?

महिला लद्युवित्तले भन्दा पहिला शेयर निष्कासन र विक्री गरेको ग्रीन लाईफ जलविद्युतको भने अझ सम्म सुचिकृत हुन सकेको छैन ।

कम्पनीले यस विषमा सम्पुर्ण काम क्यापिटले गर्ने आफुहरुलाई केहि थाहा नभएको बताएको छ भने विक्री प्रवन्ध सानीमा क्यापिटलाई यस विषय जानकारी गर्न खोजी पटक पटक सम्पर्क गर्न खोजे पनि सम्पर्क हुन सकेन ।

यो कम्पनीको शेयर अहिले सम्म पनि हितग्राहिको खातामा आउन सकेको छैन । अन्य शेयरको तुलना गर्दा यो कम्पनीको पनि अहिले दोस्रो बजारमा कारोबार भइसक्नु पर्ने हो ।

प्रतिक्रिया