ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन २१ गते, शुक्रबारदेखि निष्कासन तथा बिक्री खुल्ला गरेकाे साधारण सेयर (आइपिओ) मा लगानीकर्ताकाे आकर्षण बढ्दाे छ ।
आइतबार बिहानसम्ममा ९ लाख ८२ हजार ६ सय ७७ जना लगानीकर्ताले २ कराेड १२ लाख ४४ हजार ३ सय ६० कित्ताको लागि आवेदन परेको निष्कासन तथा बिक्री प्रबन्धकको काम एनएमबि क्यापिटल लिमिटेड जनाएको छ । याे सर्वसाधारणको लागि माग गरिएकाे ५९ लाख ४० हजार कित्ता भन्दा धेरै हाे ।
कम्पनीले हिजाे फागुन २१ गते, शुक्रबारदेखि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६६ करोड रूपैयाँ बराबरको ६६ लाख कित्ता साधारण सेयर (आइपिओ) निष्कासन तथा बिक्री खुल्ला गरेकाे हाे । जसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख ३० हजार कित्ता सामूहिक लगानी कोषहरुलाई, ३ लाख ३० हजार कित्ता कर्मचारीहरुलाई र बाँकी रहेकाे ५९ लाख ४० हजार कित्ता सर्वसाधारणको लागि छुट्याइएकाे छ ।