मुलुकको आर्थिक वृद्धिदर ऋणात्मक, अर्थतन्त्रको आकार साढे ३९ खर्ब

काठमाडौं–कोभिड–१९को कारण मुलुकको अर्थतन्त्र खराब अवस्थामा पुगेको छ । तथ्यांक विभागका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा नेपालको अर्थतन्त्रको वृद्धि ऋणात्मक देखिएको छ । अर्थतन्त्र वृद्धिदर १.९९ प्रतिशतले ऋणात्मक देखिएको विभागले जनाएको छ ।

केन्द्रीय तथ्यांक विभागले आधार वर्ष परिवर्तन गर्दै सार्वजनिक गरेको तथ्यांकअनुसार अर्थतन्त्रको वृद्धिदर ऋणात्मक भएको जनाएको छ । विभागले कुल गार्हस्थ उत्पादनको गणनाको आधार वर्ष परिवर्तन गरेको छ । विभागले विगतमा सन् २०००÷२००१ लाई आधार मानेर तथ्यांक सार्वजनिक गर्दै आएकोमा अहिले २०१०÷२०११ लाई आधार मानेर तथ्यांक तयार गरेको जनाएको छ ।

अर्थतन्त्रको आकार भने बढेको छ । केन्द्रीय तथ्यांक विभागका उपमहानिर्देशक हेमराज रेग्मीका अनुसार अर्थतन्त्रको आकार ३९ खर्ब ४३ अर्ब रूपैयाँको पुगेको छ।

प्रतिक्रिया